Comments Add Comment

मनसुन चेकअप क्याम्पका साथमा ऐक्सचेन्ज अफर

१ साउन, काठमाडौं । टाटा मोर्टसर््को लागि नेपालका एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लिले श्रावण १ गते देखि ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप क्याम्प शुभारम्भ गरेको छ ।

काठमाण्डौको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाण्डौ बाहिरका इटहरी, पोखरा, नेपालंगञ्ज, बिरगंज र मेचीमा यी क्याम्पहरु शुभारम्भ भएको छ । सो कार्यक्रममा ग्राहकहरुले टाटाका गाडीहरु चेकजाँच गराउन सक्नेछन् भने गाडी एक्सचेन्ज गर्न चाहानेहरुका लागि कम्पनीले गाडीको उचित मूल्याकंन र आकर्षक क्यास डिस्काउन्ट यस ऐक्सचेन्ज अफरमा पाइने समेत कम्पनीले जनाएको छ ।

सो कार्यक्रममा गाडी ऐक्सचेन्जमा विशेष सुविधा, गाडीको स्पेएर पार्ट र लुब्रिरिकेन्टमा २० प्रतिशत सम्म छुटको व्यवस्था, मेकानिकल खर्चमा ५० प्रतिशत छुट, व्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुट, र ऐक्सचेन्ज लोयल्टी बोनस १ लाख प्रदान गरिनेछ । साथै फ्रि टप वासको व्यवस्था, मनसुन ड्राभिङ्गमा सेफ्टी टिप्स् र एक जोडिले नगरकोटमा होटलमा बस्ने प्याकेज पनि प्राप्त गर्नेछन ।

मनसुनको समयलाई लक्षित गरि आयोजना गरेको यो अफर सहितको कार्यक्रममा ग्राहकहरुको उल्लेख्य रुपमा सहभागीता रहने विश्वास ब्यक्त गर्दे ग्राहकहरुका लागि फलदायी हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment