Comments Add Comment

१० खेलाडीमा सीमित रियल मड्रिड ३-१ ले विजयी

१ भदौ, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको आफ्नो पहिलो खेलमा रियलले सेल्टा भिगोलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमा, टोनी क्रुस र लुकास भाजक्वएजले गोल गरे । सेल्टाको लागि इकर लोसडाले एक गोल गरेका थिए ।

खेलको १२औं मिनेटमा नै बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्ममा एक गोलले अगाडि रहेको रियलले दोस्रो हाफमा दुई गोल थप्दा सेल्टाले एक गोल फर्काउन सक्यो ।

खेलको ५६औं मिनेटमा नै लुका मोड्रिचले रातो कार्ड खाएसँगै रियल १० खेलाडीमा सीमित भयो । ६१ औं मिनेटमा रियलले अर्को गोल गर्दै दोब्बर अग्रता बनायो । यो पटक भने टोनी क्रुसले गोल गरेका थिए । खेलको ८०औं मिनेटमा भाजक्वएजले गोल गरेपछि रियल ३-० गोलको अग्रतामा पुगेको थियो ।

खेलको अतिरिक्त समयमा भने सेल्टाले गोल फर्काउदै ३-१ को स्थितिमा ल्याए । सेल्टाका लागि लोसडाले गोल फर्काए पनि रियललाई रोक्न भने सकेनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment