Comments Add Comment

२ सय रुपैयाँको चिठ्ठाले करोडपति, हरेक महिना साढे १४ लाख पाउने

भाग्य भएपछि मान्छेको तालुमा आलु फल्छ भनिन्छ । बेलायतको एक महिलाको जीवनमा यसैगरी भाग्य चम्किएको छ ।

४२ वर्षकी ती महिलाले झण्डै २ सय रुपैयाँ बराबरको रकममा किनेको एउटा लट्रीले उनलाई करोडपति बनाएको छ । उनले झण्डै ५० करोड रुपैयाँ बराबरको पुरस्कार जितेकी छिन् । अब उनले जितेको उक्त रकम महिनावारी रुपमा प्राप्त गर्नेछिन् । अर्थात् आगामी ३० वर्षसम्म उनले हरेक महिना झण्डै साढे १४ लाख रुपैयाँ पाउनेछिन् ।

बेलायतको हालिफ्याक्समा बस्ने ४२ वर्षकी मिसेल नामकी ती महिला पेशाले एउटा कम्पनीमा सहायक दर्जामा छिन् । उनको अनलाइन अकाउन्टमा जम्मा बँचेको डेढ पाउण्ड रकमले उनले लट्री खरीद गरिन्, जसले उनको भाग्यको ताला खोलिदियो ।

ती महिलामा वास्तवमा यसरी चिट्ठा किन्ने लत नै रहेछ । उनले यसअघि लटरीमै १० पाउण्ड रकम जितिसकेकी रहेछिन् । सो रकमले पुनः लट्री खरिद गर्दा झण्डै पाँच पाउण्ड रकम जितिन् । त्यसपछि उनले सो रकमले पनि अरु लट्री किनिन् ।

गत १९ अगष्टका दिन उनको बैंक अकाउण्टमा जम्मा डेढ पाउण्ड बराबरको रकम मात्र बँचेको रहेछ । त्यो रकमको पनि सदुपयोग गर्दै उनले लट्री खरिद गरिन् । यसपटक उनलाई भाग्यले साथ दियो । उनले ३६ लाख पाउण्ड अर्थात् झण्डै ५० करोड रुपैयाँ बराबरको पुरस्कार जितिन् । अब उनले उक्त पुरस्कार रकम हरेक महिना झण्डै साडे १४ लाखको दरले ३० वर्षसम्म पाउनेछिन् ।

उनको इमेलमा जब लट्री जितेको सूचनासहितको इमेल आयो, तब उनले खासै मतलब गरिनन् र सानेा रकम त परेको होला नि भन्ने सोँचिन् । तर जब उनले आफ्नो अनलाइन अकाउण्ट खोलिन् तब उनी झण्डै भुइँमा ढलिन् । उनलाई विश्वासै लागेन । किनकी उनले करोडौँको लट्री प्राप्त गरेकी थिइन् । उनले नेसनल लट्रीमा फोन गरेर यसको पुष्टि गरेपछि मात्र ढुक्क भइन् ।

अब लट्रीमा जितेका पैसाबाट भव्य घर किनेर बसाइँ सर्ने र आरामदायी जिवनयापन गर्ने उनको योजना छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment