Comments Add Comment

सलमानसँग मेरो तुलना हुन सक्दैनः प्रभाष

साउथका सुपरस्टार हुन्, प्रभाष । ‘बाहुबली र बाहुबली २’ को सफलताले प्रभाषलाई विदेशमा समेत परिचित गरायो । बलिउड चलचित्रमा रमाएका दर्शकका लागि समेत प्रभाषको नाम अब नौलो रहेन । प्रभाष अभिनित चलचित्र ‘साहो’ रिलिजको तयारीमा छ । चलचित्रलाई लिएर प्रभाष निकै गम्भिर छन् । ‘बाहुबली’को सफलतालाई कायम राख्न पनि प्रभाषलाई चुनौती छ । त्यसैले पनि होला, प्रचारको लागि प्रभाषले कुनै कसुर बाँकी राखेका छैनन् ।

चलचित्रको प्रचारको क्रममा रहेका प्रभाषसँग एक बलिउड मिडियाले गरेको अन्तरवार्ताको अनुबाधित अंश हामीले यहाँ प्रस्तुत गरेका छौः

‘बाहुबली’ले निकै राम्रो प्रतिक्रिया पायो । यो चलचित्र पश्चात के फरक महशुस गर्नुभयो ?
‘बाहुबली’को पहिलो र दोस्रो भाग निकै सफल रह्यो । यी दुबै चलचित्र पश्चात मैले निकै जिम्मेवार र दवाव महशुस गरेको छु ।

‘बाहुबली’ले दक्षिण भारतिय चलचित्रलाई फराकिलो बनाएको हो ?
हो । ‘बाहुबली’ले चलचित्र क्षेत्रको विस्तार गरेको छ । पहिला पनि दक्षिण भारतिय चलचित्र चलेका थिए । तर, ‘बाहुबली’ले त्यसलाई केही फराकिलो बनाएको छ ।

‘बाहुबली’ चलचित्र रिलिज पछि कस्तो चलचित्रको खोजीमा हुनुहुन्थ्यो ?
‘बाहुबली’ पश्चात मलाई लभ स्टोरी चलचित्रमा काम गर्ने मन थियो । एक्सन चलचित्रमा काम गर्ने कुनै इच्छा थिएन । किनकी ‘बाहुबली’मा नै एकदम धेरै एक्सन थियो ।

तपाई आफै स्विकार गर्नुहुन्छ कि, तपाई लजालु हुनुहुन्छ । तर, चलचित्रमा रोमान्टिक सिन गर्न कत्तिको गाह्रो हुन्छ ?
सुरुवाती दिनमा त धेरै गाह्रो हुन्थ्यो । स्टुडियोमा त केही गर्थेँ । तर, आउडोरमा गर्नुपर्यो भने मेरो बाजा बज्थ्यो ।

तपाई एक्सन वा स्टन्ट गर्नमध्ये, कुनमा बढी सहज महशुश गर्नुहुन्छ ?
१७ वर्षदेखि मैले धेरै चलचित्रहरुमा एक्सन सिन गर्दै आएको छु । पारिवारिक चलचित्र र रोमान्टिक चलचित्र पनि गरेँ । तर, मलाई एक्सन गर्न निकै रमाइलो लाग्छ । सुरुवाती दिनमा चलचित्रको लागि म स्टन्ट आफै गरेको थिएँ । मैले खुबै रिक्स लिएको मेरो एक्सन निर्देशकहरु मेरो कामले खुशी हुन्छन् । किनकी, म मेरो एक्सन आफै गर्छु । मलाई धेरै चोट त लागेको छ, तर म यसमा रमाउँछु ।

‘बाहुबली’ पश्चात् तपाईको तुलना बलिउड नायक सलमान खानसँग भयो । यसमा के भन्नुहुन्छ ?
सलमान खानसँग मेरो तुलना गर्नु बिल्कुलै गलत हो । किनभने सलमानको स्थान मेरो भन्दा निकै माथी छ । सलमान चलचित्र क्षेत्रमा नरहे पनि उनलाई धेरैले आफ्नो प्रेरणाको स्रोत मान्नेछन् ।

‘साहो’मा तपाईको भूमिका कस्तो छ ?
‘साहो’मा एक्सन अवतारमा नै देखिएको छु । तर, यसमा एक्सनसँगै रोमान्स पनि जोडिएको छ ।

श्रद्धा कपुरसँग काम गर्दाको अनुभव कस्तो रह्यो ?
श्रद्धा निकै राम्रो कलाकार हुन् । खासमा रोमान्टिक दृश्यमा उनले उत्कृष्ट काम गरेकी छिन् । एक्सन सिनमा पनि उसले निकै राम्रो काम गरेको छ । हामी निकै नै चाडो राम्रो साथी बनेका थियौं ।

‘साहो’ पछि तपाईको नयाँ चलचित्र ?
मेरो नयाँ चलचित्रको छायांकन सुरु भइसकेको छ । रोमान्टिक लभ स्टोरी चलचित्रमा काम गर्दैछु । मेरो आफ्नै व्यानरमा बन्न लागेको चलचित्रमा मेरो जोडी पूजा पूजा हेग्डे हुनुहुन्छ ।

‘बाहुबली’ पछि तपाईको बिबाहको कुरा आएको थियो । सत्य के हो ?
बिबाहको खबर निकै आयो । तर, बिबाहको बारेमा मैले अहिले कुनै योजना बनाएको छैनँ । राम्रो समय आएपछि बिहे गर्नेछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment