Comments Add Comment

‘जाइरा’ हेरेपछि भूवनदेखि केकीले गरे नम्रताको प्रशंसा

शुक्रबारबाट रिलिजमा आएको चलचित्र ‘जाइरा’को व्यापार निकै नै कमजोर छ । चलचित्रले कमजोर व्यापार गरिरहेको समयमा मंगलबार बेलुकी केही कलाकारहरु चलचित्र हेरेका छन् । ‘सेलिब्रिटी शो’ नाम दिएर आयोजना गरिएको चलचित्रको प्रदर्शनमा पुगेका कलाकारहरुले नायिका नम्रता श्रेष्ठको अभिनयको प्रशंसा गरेका थिए ।

नायक भूवन केसीले नम्रताले फरक भूमिका गरेको भन्दै प्रशंसा गरे । उनले, खलपात्रको भूमिकामा देखिएकी श्रृजना रेग्मीको भूमिका पनि उत्कृष्ट लागेको सुनाए । कलाकार सुनिल थापा, नायिका केकी अधिकारी, रीमा विश्वकर्मा लगायतले पनि नम्रताको कामको प्रशंसा गरेका थिए । नायिका अधिकारीले भनिन्–‘मेरो दिमागमा अझै पनि क्लाइमेक्सको दृश्य बसिरहेको छ । श्रृजना, प्रमोद, अनुपको काम उम्दा छ ।’

प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यो चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् । आशुतोष राज श्रेष्ठले यो चलचित्र निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment