Comments Add Comment

बेलले रियललाई हारबाट जोगाए

१६ भदौ, काठमाडौं । ग्यारेथ बेलले स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई हारबाट जोगाएका छन् ।

आइतबार राति भएको खेलमा रियल मड्रिडले भिल्ला रियलसँग २-२ गोलको बराबरी खेल्दा दुबै गोल ग्यारेथ बेलले गरेका थिए । खेलको १२औं मिनेटमा नै जिरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिम समयमा बेलले गोल गर्दै खेल १-१ गोलको बराबरीमा दिलाए ।

खेलको दोस्रो हाफमा फेरि भिल्लारियलले अग्रता लिएको थियो । खेलको ७४औं मिनेटमा गोमेज बर्डोनाडोले गोल गर्दै २-१ गोलको अग्रता दिलाएका थिए । तर बेलले रियल मड्रिडका लागि खेलको ८६औं मिनेटमा गोल गर्दै २-२ गोलको बराबरी दिलाए । तर उनी खेलको अन्तिम समयमा दोहोरो पहेलो कार्डसँगै रातो कार्ड खादै मैदानबाट बाहिरिन पुगे ।

त्यस्तै, स्पेनिस ला लिगामा आइतबार राति भएको अन्य खेलमा एथ्लेटिको मड्रिडले इबारलाई ३-२ गोलअन्तरले पराजित गर्दा भ्यालेन्सियाले मालोर्कालाई २-० गोलअन्तरले र ग्रानाडाले स्पानियोललाई ३-० गोलअन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment