Comments Add Comment

मन्त्री र नेकपा सांसदको प्रश्नोत्तर : टेकु जानु भएको छ ? अस्पतालबाटै आएको हुँ

१ असोज, काठमाडौं । डेंगु नियन्त्रणमा सरकारको भूमिकालाई संसदमा सत्तारुढ सांसद र उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवबीच जुहारी चलेको छ ।

बुधबार संसदमा विषय समय लिएर बोलेका मन्त्री यादवले डेंगु नियन्त्रणमा आइरहेको बताए । साथै सरकारले काम गरेकै कारण मृत्युदर पनि घटेको दाबी गरे ।

तर नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले नै मन्त्रीको दाबी पत्याएनन् । डेंगुले उपत्यकामा नै महामारीको रुप लिन थालेको तर मन्त्री कानमा तेल हालेर बसेको उनको आरोप छ । आफूहरुले संसदमा यो विषय उठाएपछि सभामुखले रुलिङ गरेको स्मरण गर्दै उनले भने, ‘त्यसपछि बल्ल चेत खुलेको छ ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अपस्तालमा विरामीको भीड रहेको भन्दै उनले मन्त्री र राज्यमन्त्रीलाई प्रश्न गरे, ‘कहिल्यै टेकु अस्पताल जानु भएको छ ?’

सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले श्रेष्ठलाई पनि जवाफ दिए । उनले भने, ‘म अहिले भर्खर पनि टेकु अस्पतालबाटै आएको हुँ ।’

नेकपाकी अर्का सांसद नविना लामामा मन्त्रालयमा नातावाद हावी भएको र डेंगु नियन्त्रणका लागि काम नगरेको बताएकी थिइन् । जवाफमा मन्त्री यादवले डेंगु सार्ने लामखुट्टेले नाता नहेर्ने, जसलाई भेट्यो उसलाई टोक्ने प्रतिक्रिया दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment