Comments Add Comment

सडक कालोपत्रे गर्दा नागढुंगाको सवारी जाम धार्के कट्यो

६ असोज, काठमाडौं । दिउँसो सवारी साधनको मुख्य चाप हुने समयमा सडक कालोपत्रे (पिच) गरिँदा थानकोट-नौबिसे सडकमा पाँच किलोमिटरभन्दा लामो जाम भएको छ । बुटवलबाट दिउँसो ३ बजे नौबिसे आईपुगेका यात्रु सुरज महर्जन चार घण्टासम्म जाममा बस्नु परेको बताउँछन् ।

मुख्य सवारी चाप हुने समयमा सडक बन्द गरेर पिच गरिँदा यात्रुहरुको बिजोग भएको महर्जनले बताए । जामका कारण पर्यटकको समेत बिजोग भएको यात्रुले बताए ।
दशैंअघि नै सक्ने गरी काठमाडौंको मुख्य नाका नागढंगामा सुधारको काम थालिएको छ । यसका कारण यात्रुलाई जाममा बस्नुपर्दा भने निकै सास्ती भएको छ ।

खानीखोला ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक महेन्द्र चन्दका अनुसार उपत्यका आउँदै गरेका सवारीसाधनको लाम धार्के नाघेको छ । बिहान ११ बजे देखि २ बजेसम्म खाल्डाखुल्डी पुर्न अनुरोध गरिएपनि नमानेर चापकै समयमा ठेकदारले सडकमा अबरोध गरेको उनले बताए । ‘दोहोरो गाडी पास गर्नै सकिएन, सडक अबरुद्ध भयो,’चन्दले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment