+
+

कमेडी र एक्सनमा ‘बादशाह जुट’को ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १४:००

कात्तिक १५ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘बादशाह जुट’को कमेडी र एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको शिर्ष भूमिकामा नायकद्धय सुशिल श्रेष्ठ र अमिर गौतम छन् । आफूलाई बादशाह कल्पना गर्ने यी दुई पात्रको रोचक कहानीमा चलचित्र निर्माण भएको ट्रेलरबाट वुझ्न सकिन्छ ।

चलचित्रमा यी दुइका अलवा रोविन तामाङ, रोशिल खड्का, केइसा रावत, रश्मी पाण्डे, कमलमणी नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ । अभिषेक कुमारको लेखनमा तयार भएको चलचित्रलाई जोन सिंह रानाले निर्देशन गरेका हुन् । चलचित्रमा राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी छ ।

चलचित्र ‘बादशाह जुट’ले एक प्रहरी अफिसर्स र एक पत्रकारको रमाइलो कथालाई प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?