+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

महराले दिए सभामुखबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १४ गते २०:१८

१४ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन् ।

तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका छन् । महराले सभामुख पदबाट मात्र राजीनामा दिएको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले अनलाइनखबरलाई बताए ।

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख र प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न सुझाएको थियो ।

महराले भने सभामुख पदबाट मात्र राजीनामा दिएका छन् ।

आरोप र खण्डन

दाङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर सभामुख चुनिएका महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् ।

उनकाअनुसार सभामुख महरा आइतबार राति उनको कोठामा गएका थिए र बलात्कारको प्रयास गरेको उनको दाबी छ । राति नै प्रहरी समेत उनको कोठामा पुगेको थियो ।

यसबारे सञ्चार माध्यमहरुमा खबर आएपछि महराको निजी सचिवालयले विज्ञप्ति निकालेर आरोप खण्डन गरेको थियो । कर्मचारी समायोजनमा भनेअनुसार नभएको रीसमा यस्तो आरोप लगाएको महराको तर्क थियो ।

तर सत्तारुढ नेकपालले उनलाई सांसद र सभामुख दुबै पदबाट राजीनामा दिन भन्यो । लगतै महराको राजीनामा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?