Comments Add Comment

फायरफक्स सबैभन्दा सुरक्षित ब्राउजर, गुगल क्रोम असुरक्षित

गुगलको क्रोम इन्टरनेट ब्राउजर सबैभन्दा लोकप्रिय ब्राउजर हो । तर, जर्मनीको संघीय सूचना सुरक्षा कार्यालयले चाहिँ क्रोम ब्राउजर गोपनीयता तथा डाटा सुरक्षाको दृष्टिले जोखिमपूर्ण रहेको बताएको छ ।

इन्टरनेटमा प्राइभेसी तथा सेक्योरिटीको चिन्ता हुनेले क्रोम ब्राउजर प्रयोग नगर्नु उपयुक्त हुने उक्त कार्यालयले जनाएको छ ।

इन्टरनेट सुरक्षासम्बन्धी जर्मनीको उक्त संघीय निकायका अनुसार मोजिल्लाको फायरफक्स सबैभन्दा सुरक्षित इन्टरनेट ब्राउजर हो ।

गुगलको क्रोम मात्र होइन, माइक्रोसफ्टको एज र इन्टरनेट एक्सप्लोरर पनि मोजिल्लाभन्दा असुरक्षित रहेका छन् ।

तथापि, सफारी, ओपेरालगायतका अन्य ब्राउजरको भने तुलना गरिएको छैन ।

उक्त निकायले जर्मनीका सरकारी कार्यालय तथा अधिकारीहरूलाई साइबर सुरक्षाको बारेमा सचेत गराउँदै फायरफक्स ब्राउजर प्रयोग गर्न अनुरोध गरेको छ ।

क्रोम, एज तथा इन्टरनेट एक्सप्लोररमा मास्टर पासवर्ड राख्न मिल्ने नहुनु नै सुरक्षाको दुष्टिले फायरफक्सले पछि पार्नु बताइको छ ।

जर्मन एजेन्सीले सुरक्षित वेब ब्राउजरको लागि तय गरेका सबै मापदण्डहरूमा मोजिल्ला सफल देखिएको छ भने क्रोमलगायतका ब्राउजहरुहरुले सुरक्षाका सबै मापदण्ड पूरा गर्न सकेका छैनन् ।

स्मरणरहोस् मोजिल्लाले हालै स्मार्टफोनका लागि लक्षित गर्दै नयाँ फायरफक्स ब्राउजर लञ्च गरेको छ । यसलाई क्रोम ब्राउजरको मुख्य प्रतिस्पर्धी ठानिएको छ । तर गुगल क्रोमभन्दा फायरफक्स निकै सुरक्षित हुनका साथै इन्टरनेट चलाउँदा डाटा पनि कम खपत हुने बताइएको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment