Comments Add Comment

६ लाख ६० हजारसहित २० जुवाडे पक्राउ

१३ कात्तिक, विराटनगर । ६ लाख ६० हजार रुपैयाँसहित विराटनगरमा जुवाको खालबाट प्रहरीले २० जना जुवाडेलाई पक्राउ गरेको छ । सोमबार र मंगलबार राति विराटनगर– ३ र ८ नम्बर वडाबाट २० जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार विराटनगर – ३ पीपलचोकबाट एक सेट कौडा र ४ लाख ४९ हजार ६ सय ३५ रुपैयाँसहित १० जना पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा विराटनगर ९ का रामेश्वर सुवेदी, विराटनगर– १ का जितेन्द्र श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, दिपेश बिष्ट, लक्ष्मी प्रसाई र कैलाश गौतमलगायत छन् ।

मंगलबार विराटनगर–८ बाट एक सेट कौडा र दुई लाख दश हजार ६ सय १० रुपैयाँसहित १० जनालाई पक्राउ गरेको हो । विराटनगर ८ बाट पक्राउ पर्नेहरुमा विराटनगर ८ का टंक शिवाकोटी, कटहरी ४ का सञ्जय पोद्दार, विराटनगर ११ का प्रकाश तामाङ, विराटनगर ८ का रमेश घिमिरेलगायत छन् ।

पक्राउ परेकाहरु विरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

तिहारको अवधीमा प्रहरीले मोरङका विभिन्न स्थानबाट जुवा तास खेल्ने ५७ जनालाई पक्राउ गरेको छ । मोरङका विभिन्न स्थानबाट पक्राउ परेकाहरुको साथबाट करिब ९ लाख रुपैयाँ रकम बरामद भएको श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment