Comments Add Comment

नेपाली यू–१९ टिम एमसीसीसँग ३८ रनले पराजित

१७ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाली यू–१९ क्रिकेट टिमलाई ३८ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा एमसीसीसँग नेपाली यूवा टिम पराजित भएको हो । ३३५ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २९६ रन बनाएपछि एमसीसीले जित हात पारेको हो ।

नेपालका लागि हरि चौहानले ५२ रन बनाए । त्यस्तै, कप्तान ऋत गौतमले ४५ रन बनाउँदा आकाश चन्द र अरुण ऐरीले समान ३०–३० रनको योगदान दिए । त्यस्तै, शेर मल्ल २८ रनमा अविजित रहे ।

बलिङतर्फ क्रिस राइटले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० आोभरमा सात विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । उसका लागि विल रोड्सले ९३, मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५–६५ रन बनाए ।

बलिङतर्फ नेपालका सागर ढकाल र शेर मल्लले समान २–२ विकेट लिए ।

सोमबार एमसीसीले नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनको फर्स्ट क्लास खेल हुनेछ । त्यस्तै, सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले एसीसीसँग कात्तिक २३ गते शनिबार प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment