Comments Add Comment

यस्तो छ सरौतोको प्रमोसनल गीत

मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सरौतो’को प्रोमोसनल गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा र्‍यापर समिर घिसिङ ‘भिटेन’को स्वर रहेको छ । गीतमा भिटेनकै शब्द तथा संगीत रहेको छ ।

पहिलो पटक चलचित्रको गीत गाएका भिटेन भिडियोमा पनि फिचर भएका छन् । भिडियोमा चलचित्रकी मुख्य नायिका सुमी मोक्तान र मुख्य कलाकार विजय लामा पनि देखिएका छन् । गीतमा रिभेन्जको कथालाई प्रस्तुत गरिएको छ ।

छायाकारको रुपमा परिचित हरि हुमागाईंले निर्देशन गरेको यस चलचित्रमा सुमी र विजयसँगै सन्नी सिंह, लियो ट्याङ्क, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम लगायतको पनि अभिनय छ । चलचित्रमा सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । ट्रेलरमा सुमिको एक्सनलाई धेरैले तारिफ गरेका छन् ।

‘विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियो’को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई लक्ष्मीकुमारी तमाङले निर्माण गरेकी हुन् । राघव कृष्ण गौतमको लेखन रहेको चलचित्रलाई उत्तम हुमागाईंले खिचेको हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment