+
+

कमल आधारभूत विद्यालयलाई कुमारी बैंकले दियो कम्प्युटर

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते २०:४६

२५ कात्तिक, काठमाडौं । कुमारी बैंकले कमल आधारभूत विद्यालयलाई सहयोग गरेको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजनागरी बैंकले विद्यालयलाई ५ थान कम्प्युटर तथा कक्षा ९ का जेहेन्दार विद्यार्थी तुलसी राम चन्दलाई छात्रवृत्ति रकम प्रदान गरेको हो।

नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन्।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

कुमारी बैंकका ११२ शाखा संजाल, १०० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सेवाहरु दिदैँ आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?