Comments Add Comment

के रोहित र अक्षयवीच सम्बन्ध बिग्रिएको हो ?

चलचित्र ‘सूर्यवंशी’का निर्देशक रोहित सेट्टी र नायक अक्षय कुमारविच बोलचाल नै बन्द भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय अनलाइन बलिउड हंगामाका अनुसार, चलचित्रको छायांकनको क्रमदेखि नै अक्षय र रोहितविच सम्बन्ध विग्रिएको हो । उनीहरु, छायांकनको सेटमा समेत बोल्दैनथ्य । अक्षयलाई दृश्यको बिषयमा चलचित्रका सह–निर्देशकले जानकारी दिन्थे ।

निर्देशक र नायकविच असमझारी हुनुको मुख्यकारण यसको स्क्रिप्ट हो । चलचित्रको छायांकन आक्रामक तरिकाले भएपनि अहिले भने यसको काम स्लो भैरहेको छ । अक्षय बरु नयाँ चलचित्रको काममा व्यस्त छन् ।

निर्देशक रोहित सेट्टी अक्षय कुमार सेटबाट हिडिसकेपछि मात्र सेटमा आउने गरेको बलिउड हंगामाले उल्लेख गरेको छ । यो चलचित्रको प्रदर्शन मिति २०२० को मार्च २७ लाई तोकिएको थियो । तर, पछि यसको रिलिज डेट हेरफेर भयो ।

चलचित्रको रिलिज डेट अक्षयसँग कुनै पनि छलफल नगरी पछि सारेका कारण पनि अक्षय रिसाएका हुन् । अक्षय कुमार चलचित्रको कुनै पनि कुरामा निर्देशकमाथि हाबी हुन खोज्दैनन् । तर, चलचित्रको रिलिज डेट आफूलाई नसोधी सारिएको भन्दै अक्षय असन्तुष्ट छन् ।

तर, यो खबर सार्वजनिक भएसँगै अक्षय र रोहितले एउटा भिडियो सार्वजनिक गरेका छन् । जहाँ, उनीहरुले मिडियामा आएपछि झगडा गर्नुपर्छ भन्दै नाटकिय रुपमा झगडा समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment