
१९ मंसिर, काठमाडौं । तेक्वान्दोकी मनिता शाही र अप्सरा कार्की स्वर्ण पदक जित्न चुकेकी छन् ।
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा बिहीबार भएको खेलमा ७३ केजीमुनी प्रतिस्पर्धा गरेकी शाही फाइनलमा भारतीय खेलाडीसँग पराजित भएकी छन् ।
यस्तै ६८ केजीमुनि प्रतिस्पर्धा गरेकी अप्सरा भारतीय खेलाडीसँग ८–५ ले पराजित भइन् ।
दुबैले रजत पदक जितेका छन् ।
यस्तै ८० केजी समूहमा प्रतिस्पर्धा गरेका किरणबहादुर आले पनि फाइनलमा पराजित भएका छन् । उनी पाकिस्तानी खेलाडीसँग ३३-७ को स्कोरमा पराजित भएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4