Comments Add Comment

सिम्रौनगढमा एकीकृत सेवा सञ्चालन गर्न राष्ट्रिय युवा संघको माग

२६ मंसिर, वीरगञ्ज । बाराको सिम्रौनगढमा एकीकृत सेवा सञ्चालनका लागि आवश्यक कर्मचारी पठाउन माग गरिएको छ । राष्ट्रिय युवा संघ नेपालमा आवद्ध युवा समूहले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएको हो ।

राष्ट्रिय युवा संघ नेपाल बारा जिल्ला संयोजक पुरुषोत्तम साह नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत मुरारी कार्कीलाई ज्ञापन पत्र बुझाएको थियो ।

२०७२ सालमा नेपाल सरकारको मन्त्री परिषद बैठकले कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । कार्यालय सञ्चालनमा लागि ०७३ सालदेखि घर भाडामा लिइसकेको भएपनि कर्मचारी नपठाइएकोले एकीकृत सेवा सञ्चालन हुन नसकेको स्थानीयले बताएका छन् ।

सिम्रौनगढ र आसपासका नागरिकलाई नागरिकता बनाउन, जग्गा खरिद बिक्री गर्न, नाप नक्सा लगायत राज्यले प्रदान गर्ने विभिन्न सेवा लिनका लागि कलैया आउनुपर्ने बाध्यता छ ।

सरकारले गरेको निर्णय समेत कार्यान्वयन नभएकोले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको संघका मुकेश साहले जानकारी दिए ।

ज्ञापनपत्रमा सिम्रौनगढ जस्तो ऐतिहासिक नगरीमा एकीकृत सेवा केन्द्र स्वीकृत भइ सञ्चालनका लागि घर भाडामा लिएको दुई वर्ष वितिसक्दा समेत नापी, मालपोतका सेवा प्रवाह हुन नसकेकोमा दुःख व्यक्त गरिएको छ । ‘यस्तो गम्भीर विषयमा पनि लापरबाही भएकोले सिम्रौनगढबासीलाई दुःखी मात्रै बनाएको छैन, स्थानीयलाई नापी, मालपोतको कामका लागि सास्ती भइरहेको छ, तसर्थ सेवा केन्द्र तत्काल सम्बन्धित ठाउँमा पुर्‍याउन आग्रह गर्दर्छौं, ’ ज्ञापनपत्रमा उल्लेख छ ।

बारा जिल्लामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन पनि संघले माग गरेको छ । माग पूरा नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी ज्ञापनपत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment