Comments Add Comment

फोटो प्रतियोगिताका उत्कृष्ट फोटो पुस्तकमा

२० पुस, काठमाडौं । ‘ग्लोबल आइएमई बैंक फोटो प्रतियोगिता २०७५’ बाट उत्कृष्ट छानिएका फोटोहरुको पुस्तक सार्वजनिक गरिएको छ । फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट – ५’ नाम दिइएको उक्त पुस्तक आइतबार काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

पुस्तकमा ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ बाट उत्कृष्ट छानिएका फोटोहरु समावेश गरिएको छ । त्यस्तै क्लबले ‘नेपाल फोटो कन्टेस्ट २०७६’ को घोषणा समेत गरेको छ ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफुले खिचेको फोटो अपलोड गरी प्रतियोगिताको उद्घाटन गरे । फोटो पुस्तकले भ्रमण वर्ष २०२० को प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास समेत गरिएको छ । कार्यक्रममा क्लबका अध्यक्ष विकास कार्कीले कुनैपनि नेपालीले नेपाल भित्रै खिचेको फोटो अपलोड गरेर सहभागिता जनाउन सकिने बताए ।

अध्यक्ष कार्कीले प्रतिस्पर्धीले आफूले खिचेको फोटो क्लबको आधिकारिक साइट ‘एनपीसी डट फोटो नेपाल डट ट्राभल’मा अपलोड गर्न सकिने बताए ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट हुनेले एक लाख रुपैयाँ पुरस्कार जित्ने र अन्य तीन उत्कृष्टलाई ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment