Comments Add Comment

नेपाल बैंकको ६० औं वाषिर्क साधारणसभा

२७ पुस, काठमाडौं । शुक्रबार नेपाल बैंक लिमिटेडको ६० औं वाषिर्क साधारण सभा सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा नेपाल एपीएफ क्लव हलचोकमा सम्पन्न भयो ।

यो अवसरमा बैंकको आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको वाषिर्क प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७५/७६ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमा छलफल भई पारित भयो ।

त्यसै गरी सभाले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख १४ हजार ८ सय नगद लाभांश -लाभांश कर समेत) र चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बैंकको अधिकृत पूँजी रु.१० अर्बबाट बृद्धि गरी रु.१५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पूँजीमा बृद्धि गरी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय कायम गर्ने लगायत साधारण सभामा पेश भएका प्रस्तावहरु समेत सर्वसम्मतरुपमा पारित गरेको छ ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझावअनुसार बैंकको काम कारबाहीहरु सञ्चालन गर्ने विश्वास दिलाउँदै सम्पूर्ण शेयरधनीहरु तथा सरोकारवालाहरुमा धन्यवाद प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment