Comments Add Comment

काठमाडौंका भित्तामा संस्कृति झल्कने चित्र, अध्ययन समितिले बुझायो प्रतिवेदन

२३ माघ, काठमाडौं । काठमाडौं सहरको सौन्दर्यता बढाउनका लागि अध्ययन गर्न गठिन समितिले प्रतिवेदन बुझाएको छ । सहरका भित्ताभित्तामा संस्कृति झल्कने चित्रहरु बनाउनु पर्ने रायसहितको प्रतिवेदन समितिले महानगरका मेयर विद्यासुन्दर शाक्लाई बुझाएको हो ।

यस विषयमा अध्ययन गर्न महानगरले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यको संयोजकत्वमा निर्देशक समिति गठन गरेको थियो । समितिले गौशाला, सिनामंगल, ववरमहल, भद्रकाली, रंगशाला, रत्नपार्कलगायतका सार्वजनिक स्थान, सडक छेउ वा पर्खालमा कला, संस्कृति, परम्परा तथा सांस्कृतिक सम्पदाहरु झल्किने गरी भित्रेचित्र तथा स्कल्पचर (मुर्ति) प्रतिस्थापन गर्न सझुाव दिएको छ ।

प्रतिवेदन बुझ्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले समितिले दिएको सुझाव तत्कालै कार्यान्वयन शुरु हुने बताए । महानगरले यसका लागि चालु आर्थिक वर्षको बजेटबाट १० करोड रुपैयाँ छुट्याइसकेकाे जानकारी दिदै तत्कालै भित्तेचित्र बनाउने काम शुरु हुने बताए ।

शाक्यले भने, ‘अहिले नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरेर केही ठाउँमा कामको थालनी गरिहालौँ भन्ने मेरो चाहना छ, स्कल्पचरका लागि केही समय लाग्न सक्छ । त्यसैले भित्ते चित्रका लागि हामीले केही नमूनाका रुपमा भए पनि तुरुन्तै अघि बढाउनुपर्छ ।’

समितिले प्रतिवेदनमा भित्रेचित्र तथा स्कल्पचरमा हाँडिगाउँको जात्रा, धुन्या वाजा, चाडपर्वका फलफुल, अष्टमात्रिका, जंकोका नमूना चित्रलगायत राख्न सकिने सुझाव दिएको छ ।

प्रतिवेदन बुझाउँदै कुलपति कर्माचार्यले ववरमहलमा इन्द्रजात्रा र सिनामंगलमा हाँडिगाउँ जात्राको भित्तेचित्र राख्न सकिने बताए । समितिका सदस्यहरुले भित्तेचित्रहरुमा चित्रकथा पनि राख्न सकिने बताए ।

मूर्ति र आकृति निर्माणका लागि नियमित काम गर्ने समूह बनाएर, स्थानको उपलब्धता र आवश्यकताका आधारमा काम गर्न सकिन्छ, आफूले गरेको शिफारिसका बारेमा कुलपति कर्माचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment