Comments Add Comment

बौद्ध भवन निर्माणका लागि महानगरले दियो तीन करोड

२३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाकाले आज सो केन्द्रको धम्महल भवन निर्माणका लागि रु ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान दिएको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो रकम बरावरको चेक केन्द्रका अध्यक्ष प्रतिकरत्न ताम्राकारलाई हस्तान्तरण गरे । महानगरको वडा १० शंखमुलमा ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको सो केन्द्रलाई चेक हस्तान्तरपछि सम्वोधन गर्दै मेयर शाक्यले बुद्धको देश भनेर विश्वभर चिनाउन अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रले निकै ठूलो योगदान गरेको भन्दै यस्तो संस्थालाई महानगरको तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

महानगरपालिकाले यस अघि पनि अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित नेपाल बौद्ध परियत्ति शिक्षाका लागि पाठ्यसामग्री छपाई, दिक्षान्त समारोह, नैतिक आचरण शिक्षाका लागि गरिने विभिन्न कार्यक्रमलगायतका लागि रु २३ लाख ६५ हजार आर्थिक सहयोग गरेको थियो ।

मेयर शाक्यले भने, ‘बिश्वभरका बौद्धमार्गीहरु नेपाल घुम्न आउँदा पुग्ने बुद्धजन्मस्थल लुम्बिनीमा निर्माण भैरहेको नेपाल बज्रयानी महाविहारलाई पनि महानगरपालिकाले आर्थिक अनुदान दिने भएको छ ।’
मेयर शाक्यले भौतिक पूर्वाधार विकास, सहरी सेवा व्यवस्थापन र सम्पदा पुननिर्माणसँगै स्वास्थ्य सेवा र सामाजिक सेवाका क्षेत्रमा पनि सहयोग गर्ने हेतुले यस्तो सहयोग गरेको बताए ।

‘काठमाडौँ महानगरपालिका संघीय राजधानी पनि हो, यहाँ दैनिक लाखौँ मानिसलाई सेवा दिनुपर्ने हुन्छ,’ मेयर शाक्यले भने, ‘त्यसैले यहाँको मेयरले आफ्नो नगरका लागि मात्रै सोचेर हुन्न । मुलुकभरीबाट यहाँ आएका जनताको समेत सेवालाई ध्यान दिनुपर्ने भएकाले स्वाभाविकै रुपमा अपेक्षा पनि बढी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment