Comments Add Comment

कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट २ जनाको मृत्यु

२३ माघ, काठमाडौं । कलंकीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

बुधबार राति पौने १ बजे कलंकीको अण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुबैजनाको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मृत्यु हुनेमा रौतहटका हटहरिया गाउँपालिका–४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया– ७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन् । टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको महाशाखाले जनाएको छ ।

ठक्करपछि फरार टिपरको पहिचान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment