+
+
Shares

खाना पकाउने ग्यासकाे मूल्य बढ्यो, पेट्रोल र डिजलको एक रूपैयाँ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २० गते २०:३८

२० माघ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ ।

मूल्यवृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ ।

काठमाडौंमा ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ रुपैयाँ पुगेको छ भने पेट्रोल ११० र डिजल/मट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ

सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ ।

नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजार मूल्य घटेको र ग्यासको बजारमूल्य बढेको हुनाले खाना पकाउने ग्यासको मूल्य बढाएर तेलको मूल्य घटाइएको उल्लेख छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १३७५ बनाइए पनि हवाई इन्धनको मूल्य भने नबढाइएको निगमले जनाएको छ ।

निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निगमले गन पुस १६ का दिन पेट्रोल र डिजल÷मट्टीतुलको मूलय समायोजन गरेकोमा हाल १ फेब्रुअरीमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तरराष्ट्रिय बजारमूल्य वमोजिम खरीद मूल्य केही घटेर आएको तथा एलपी ग्यासमा औषत खरीद मूल्य पुनः बढेर आएको हुँदा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७१ अनुसार निगमले साविकको प्ट्रोल र डिजल/मट्टीतेलको खुद्रा विक्री मूल्य क्रमशः १११ र १०० रुपैयाँ प्रतिलिटरमा रु १ ले घटाई काठाडौंको नयाँ खुद्रा बिक्री मूल्य ११० र १०० रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।’

सर्वसाधारणले प्रयोग गर्ने ग्यासमा मूल्यवृद्धि गरेको निगमले संस्था नाफामा गएको भन्दै आफ्ना कर्मचारीहरुलाई बोनस बाँड्ने तयारी गरिरहेको खबर आएका बेला ग्यासको मूल्यवृद्धि भएको हो ।  यद्यपि निगमले नेपालतर्फ वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा अझै पनि पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १६ रुपैयाँ सस्तो रहेको जनाएको छ ।

काठमाडौंमा भन्दा मोफसलमा सस्तो

पट्रोलियम पदार्थको मूल्य काठमाडौंमा भन्दा उपत्यकामा भन्दा बाहिरी जिल्लामा सस्तो पर्ने भएको छ । त्यसैगरी खाना पकाउने ग्यासमा पनि उपत्यकाबासीले ढुवानीका कारणका केही बढी तिर्नुपर्ने भएको छ ।

निगमको डिपो÷बिक्री बिन्दुदेखि १५ किलोमिटर क्षेत्रबाहिर मूल्य फरक पर्ने निगमले जनाएको छ ।

 

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?