Comments Add Comment

अमेरिकाले दियो ओमानलाई २१४ रनको लक्ष्य

२३ माघ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभर खेल्दै १० विकेट गुमाएर २१३ रन बनाएको हो ।

अमेरिकाका लागि इयान हल्यान्डले अर्धशतकीय पारी खेले । हल्याण्डले पाँचै विकेटका लागि अक्ष होमराजसंग ८२ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्स उकासे । ५४ रन हुँदा ४ विकेट गुमाएको अमेरिकाको लागि हल्यान्ड र होमराजले अर्धशतकीय साझेदारी गरे ।

इयान अलान्डले ७८ बल खेल्दै ७ चौका मद्दतमा सर्वाधिक ६५ रन बनाए । यस्तै अक्ष होमराजले ४४ रन बनाए । उनले ५३ बल खेल्दै ३ चौका २ छक्का प्रहार गरे ।

यस्तै मोनाक पटेल १९, तिमिल पटेलले १६, आरोन जोन्सनले १३ र रस्ती थेरोनले १० रन बनाए । ११ औं नम्बरमा ब्याटिङ गरेका कप्तान सौरभ नेत्रभाल्करले अविजित १४ रन बनाए । उनले ९ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे ।

ओमानका लागि मोहम्मद नदिमले ३ विकेट लिए भने कप्तान जिसन मक्सुद, उपकप्तान अकिब इल्यास र विलाल खानले २-२ विकेट लिए ।

८ ओभर बलिङ गरेका नदिमले ४३ रन खर्चेर ३ विकेट लिएका हुन् । कप्तान जिसन मक्सुदले १० ओभरमा १ मेडन राख्दै २९ रन खर्चेर २ विकेट लिए । उपकप्तान अकिब इल्यासले ५ ओभरमा २० रन खर्चेर २ विकेट लिए । यस्तै बिलाल खानले ९ ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिए । कलिमुल्लाहले १ विकेट लिए ।

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । सिरिजको पहिलो खेलमा ओमानले घरेलु टोली नेपाललाई १८ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment