+
+
Shares

पत्रकार दुर्गानाथ शर्माको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते १३:२४

२२ माघ, काठमाडौं । पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ ।

नेपाल टेलिभिजनको स्थापना कालदेखि लामो समयसम्म समाचारवाचक र कार्यक्रम प्रस्तोताको रुपमा काम गरेका उनको काठमाडौं महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको परिवारले जनाएको छ ।

७२ वर्षीय शर्मा मुटुसम्बन्धी समस्याबाट पीडित थिए । गत मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका उनलाई मंगलबार राति मनमोहनमा सारिएको थियो ।

२०४२ सालमा नेपाल टेलिभिजनको प्रशारण सुरु हुँदादेखि काम गरेका शर्माले टेलिभिजनको महाप्रबन्धकसम्म भई काम गरेका थिए । शर्माले सुरु गरेको विश्वघटना नामक कार्यक्रम चर्चित थियो । उनका दुई छोरा र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?