
१८ असार, काठमाडौं । सर्वोच्च अदालतमा मध्यरातमा संवैधानिक इजलास बस्ने भएको छ । ५२ संवैधानिक पदाधिकारीहरू विरुद्ध परेको रिटको फैसला सुनाउनका लागि इजलास बस्ने भएको हो ।
यसअघि जेठ २८ गते नै निर्णय सुनाउने भनिएकोमा असार १८ गतेलाई सारिएको थियो ।
तर, आज पनि अबेर मात्रै फैसला सुनाउन लागिएको अदालत स्रोतले जानकारी दिएको छ । अहिले इजलासमा कानुन व्यवसायी, पत्रकार र सुरक्षाकर्मी छन् । इजलासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
दिनभर प्रधानन्यायाधीश सहितका न्यायाधीशहरू छलफलमा थिए ।
केहीबेरमा न्यायाधीशहरू इजलासमा आउने र त्यहीँबाट फैसला सुनाउने तयारी रहेको स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4