१८ असार, काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ ।
प्रहरीका अनुसार, बुधबार राति करिब सवा ९ बजे उक्त भट्टीमा विस्फोट भएको हो ।
उक्त भट्टीमा जगदम्बा स्टिल्सले उत्पादनका लागि फलाम पकाउने काम हुने गरेको थियो ।
इलाका प्रहरी कार्यालय सिमराका अनुसार, विस्फोटपछि अहिले प्रहरीको टोली खटिएको छ ।
के कारणले विस्फोट र अन्य के के क्षति भयो भन्नेबारे यकिन हुन बाँकी रहेको प्रहरी कार्यालयका एक प्रहरीले बताए ।
अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4