+
+
Shares

विपिन, केकी अभिनित ‘काजी’ को ट्रेलर : पत्नीको खुसी चाहने पतिको कथा

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक गरिएको छ जसमा विपिन कार्की र केकी अधिकारीले शीर्ष भूमिका निर्वाह गरेका छन्।
  • फिल्ममा पति-पत्नीको आदर्श प्रेममा आउने उतारचढाव र संकटको कथा समावेश गरिएको छ।
  • ‘काजी’ ८ जेठदेखि प्रदर्शनको तयारीमा छ र लक्ष्मण रिजालले निर्देशन गरेका छन्।

काठमाडौं । विपिन कार्की र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘काजी’ को ट्रेलर सार्वजनिक गरिएको छ । पति-पत्नीको आदर्श प्रेममा आउने उतारचढाव र संकटको कथा यसमा समावेश छ ।

ट्रेलरले फिल्मबारे संक्षिप्त प्रकाश पार्छ । फिल्ममा विपिनले शीर्ष पुरुष पात्र काजी र केकीले शीर्ष महिला पात्र काजिनीको भूमिका निर्वाह गरेका छन् । ट्रेलरअनुसार, एक दम्पतीबीच अथाह र आदर्शनवान प्रेम हुन्छ ।

कथा अघि बढ्दै जाँदा परिवार जोगाउन काजिनीले एक झूठ बोल्नुपर्छ । अब उक्त झूठले परिवार र काजीसँगको प्रेमलाई असर पार्छ वा पार्दैन ? यो समग्र कथालाई ट्रेलरले दर्शाउने प्रयत्न गरेको छ ।

सरल, सहज र मर्मस्पर्शी प्रेमकथामा फिल्म बनेको छ । ग्रामीण परिवेशमा खिचिएको यो फिल्मलाई अभिनेता कार्कीले आफ्नो जीवनको एक महत्वपूर्ण फिल्ममध्ये एक हुने यसअघि बताइसकेका छन् ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र दिक्षिता अर्यालजस्ता सहायक कलाकार पनि छन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको पटकथा रहेको फिल्मलाई चिन्तन राजभण्डारीले खिचेका हुन् ।

‘काजी’ ८ जेठदेखि प्रदर्शनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?