+
+
Shares

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, चालक घाइते   

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा आज बिहान मृत्यु भएको हो ।

रासस रासस
२०८३ वैशाख ३० गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा निर्माण सामग्री बोकेको ट्याक्टर दुर्घटनामा परेको छ।
  • दुर्घटनामा गाउँपालिका–३ का १३ वर्षका विक्रम बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा मृत्यु भएको छ।
  • ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८ का २६ वर्षीय राजन परियार गम्भीर घाइते भएका छन् ।

३० वैशाख, गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर गोरखाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराति दुर्घटनामा परेको छ ।

दुर्घटनामा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको उपचारका क्रममा प्रदेश अस्पताल गोरखामा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक सिरानचोक गाउँपालिका–८ जौबारीका २६ वर्षीय राजन परियार गम्भीर घाइते भएका छन् । निजको सोही अस्पतालमा उपचार जारी छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?