+
+
Shares

चिया निर्यातको अवरोध समाधान गरियोस् : सुहाङ नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यातको अवरोध समाधान गर्न भारत सरकारसँग कुटनीतिक पहल गर्न माग गर्नुभएको छ।
  • उहाँले चिया निर्यात ठप्प जस्तै भएको र यसले किसान, श्रमिक, उद्योगी र देशको अर्थतन्त्रमा प्रभाव पारेको बताउनुभयो।
  • नेपालमा चिया उत्पादनको १६३ वर्ष इतिहास छ र १५ हजारभन्दा बढी किसान र ६० हजारभन्दा बढी श्रमिक यसमा संलग्न छन्।

३० वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले चिया निर्यातको अवरोध समाधान गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले भनेका छन्, ‘चिया निर्यात ठप्प जस्तै भएको छ ।’

यसले किसान, श्रमिक, उद्योगी र देशकै अर्थतन्त्रमा प्रभाव पारेको भन्दै उनले थपेका छन्, ‘भारत सरकारसँग कुटनीतिक पहल गरियोस् । चिया निर्यातको अवरोध समाधान गरियोस् ।’

नेपालमा चिया उत्पादनको १६३ वर्ष लामो इतिहास रहेको र हाल यसमा १५ हजार बढी किसान र ६० हजार बढी श्रमिक जोडिएको पनि उनले स्मरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?