News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सेयर धितो कर्जा १३.४ प्रतिशतले बढेर १ खर्ब ५९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ।
- १ करोडभन्दा माथिको सेयर धितो कर्जा ११.१ प्रतिशतले बढेर १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।
- २५ लाखमुनिको सेयर धितो कर्जा ४७ प्रतिशतले बढेर १२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।
३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सेयर धितो कर्जा (मार्जिन नेचर लोन) १३. ४ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत मसान्तसम्म यस्तो १ खर्ब ५९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्म १ खर्ब ४० अर्ब ७० करोड प्रवाह भएको थियो ।
सेयर धितो कर्जामा १ करोड माथिको रकम मात्रै १ खर्ब ९ अर्ब प्रवाह भएको छ । असार मसान्तको तुलनामा चैत मसान्तसम्म आउँदा ठूलो समूहको यो सेयर कर्जा ११.१ प्रतिशत बढेको हो ।
त्यस्तै ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा १४ प्रतिशत, २५ लाखदेखि ५० लाखसम्मको ९.५ प्रतिशत र २५ लाखमुनिको कर्जा ४७ प्रतिशत बढेको राष्ट्र बैंकको तथ्यांक छ । २५ लाखमुनिको सेयर धितो कर्जा चैत मसान्तसम्म जम्मा १२ अर्ब ३ करोड रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4