+
+
Shares

एक वर्षमा ३८ प्रतिशत बढ्यो सेयर धितो कर्जा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार एक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा ३८ प्रतिशत बढेको छ।
  • गत वर्षको मंसिर मसान्तसम्म १ खर्ब ७ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएकोमा यो वर्ष मंसिर मसान्तसम्म १ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ।
  • मंसिर मसान्तसम्म १ करोड रुपैयाँभन्दा माथिको सेयर कर्जा १ खर्ब ३ अर्ब, ५० लाखदेखि १ करोडसम्म १७ अर्ब ९० करोड, २५ लाखदेखि ५० लाखसम्म १८ अर्ब २८ करोड र २५ लाख मुनिको कर्जा ८ अर्ब ७२ करोड प्रवाह भएको छ।

२५ पुस, काठमाडौं । एक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको  सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) ३८ प्रतिशत बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको मंसिर मसान्तसम्म यस्तो कर्जा १ खर्ब ७ अर्ब रुपैयाँ प्रवाह भएकोमा यो मंसिर मसान्तसम्म आउँदा १ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्मको तुलनामा मंसिर मसान्तसम्म यस्तो कर्जा रकम ५.७ प्रतिशत मात्रै बढी हो । असार मसान्तसम्म १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो ।

मंसिर मसान्तसम्म १ करोड रुपैयाँभन्दा माथिको सेयर कर्जा १ खर्ब ३ अर्ब रुपैयाँ प्रवाह भएको छ । त्यस्तै सो अवधिसम्म ५० लाखदेखि १ करोडसम्मको कर्जा १७ अर्ब ९० करोड, २५ लाखदेखि ५० लाखसम्मको कर्जा १८ अर्ब २८ करोड तथा २५ लाख मुनिको कर्जा ८ अर्ब ७२ करोड प्रवाह भएको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?