+
+
Shares

जगदम्बा स्टिल्समा भएको विस्फोटमा एक घाइते, आगो नियन्त्रण

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते २३:५०

१८ असोज, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा भएको विस्फोटमा परेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए ।

अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ ।

त्यस्तै, विस्फोटबाट लागेको आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९:१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको थियो ।

घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको थियो ।

विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?