Comments Add Comment

रुविनालाई अनमोलसँग काम गर्न किन रोके निर्देशकले ?

नायिका रुविना थापाले चलचित्र ‘लभ डायरिज’बाट चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् । दुई वर्ष पहिला नै छायांकन भएको उक्त चलचित्र बल्ल रिलिजको तयारीमा छ । फागुन २ गते उक्त चलचित्र रिलिज हुनेछ ।

पहिलो चलचित्र रिलिज नहुदैँ रुविनालाई केही चलचित्रबाट अफर आएको उनले बताउने गरेकी थिइन् । तर, डेब्यु चलचित्र ‘लभ डायरिज’को प्रतिक्रिया नबुझी अन्य चलचित्रमा काम गरिहाल्ने सोचाईमा नभएको रुविनाको भनाई छ । डेब्यु चलचित्र लभ डायरिज नै होस् भन्ने सोचेर पहिला आएका अफरहरु पनि लत्याइन् ।

रुविनालाई अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’बाट पनि अफर गरिएको थियो । यद्यपि रुविनाले उक्त कुरा पत्तो नै पाइनन् । ‘क्याप्टेन’का निर्देशक दिवाकर भट्टराईले रुविनालाई चलचित्रमा लिनको लागि लभ डायरिजका निर्देशक सौरभ चौधरीसँग कुरा गरेका थिए । तर, सौरभले रुविनालाई उक्त कुरा बताएनन ।

सौरभ भन्छन्, ‘रुविनाजी लभ डायरिज नै आफ्नो डेब्यु चलचित्र होस् भनेर बस्नु भएको थियो । त्यो समय पनि राम्रो–राम्रो चलचित्रको अफर उहाँले नकार्दै आउनु भएको थियो । त्यसैले उहाँसम्म कुरा नै पु¥याइन ।’

अनमोलसँग डेब्यु गर्नु वा स्क्रिन सेयर गर्नु धेरै जना नायिकाहरुको चाहाना हुन्छ । अनमोलसँग काम गरेका नायिकाको चर्चा उच्च हुने भएकाले धेरैमा अनमोलसँग काम गर्ने इच्छा जागेको हुन्छ । तर, त्यहीँ अवसरबाट बन्चित भइन्, रुविना ।

अनमोलसँग काम गर्न नपाएकोमा रुविनालाई गुनासो भने छैन् । रुविनाले भनिन्, ‘क्याप्टेनबाट मलाई अफर आएको कुरा बल्ल पत्तो पाउँदैछु । तर, मलाई उक्त चलचित्र नगरेकोमा कुनै पश्चताप छैन् । मैले लभ डायरिज बाट नै डेब्यु गर्न चाहेको हो । त्यसैले त्यो चलचित्र नगरेकोमा कुनै गुनासो पनि छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment