+
+

नयाँ पाठ्यसंरचना सच्याउन सीफ्यानद्वारा सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १९:००

२७ माघ, काठमाडौं । कम्प्युटर फ्याकल्टी एशोसिएसन अफ नेपाल (सीफ्यान)ले विद्यालय तहमा शैक्षिक सत्र २०७७ देखि लागु हुन लागेको नयाँ पाठ्यसंरचना सच्याउन सरकारसँग माग गरेकाे छ ।

शिक्षाको पुर्नसंरचना गर्ने क्रममा कक्षा ११ र १२ मा कम्प्युटर विषय समावेश नगरेको भन्दै सीफ्यानले उक्त पाठ्यसंरचना सच्याउन माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

अनिवार्य विषयको रुपमा समेटिनु पर्ने विषय भएपनि कम्प्युटर विषयलाई ऐच्छिक विषयको रुपमा समेत विद्यार्थीले पढ्न नपाउने अवस्था आएको भन्दै सीफ्यानले सरकारले लागु गर्न लागेको नयाँ पाठ्यसंरचना सच्याउन माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको सीफ्यानका महासचिव रमेश रिमालले जानकारी दिए ।

कम्प्युटर विज्ञान तथा सूचना प्रविधि शिक्षा आजको विद्यालय तहमा अनिवार्य विषय हुनुपर्नेमा त्यसलाई बेवास्ता गर्दै नयाँ पाठ्यसंरचनामा उक्त विषय समावेश नहुनु विडम्वनापूर्ण भएको भन्दै सीफ्यानले समस्या समाधान गरिदिन ध्यानाकर्षण पत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरेको छ  ।

सीफ्यानका अध्यक्ष प्रचन्द्रराम श्रेष्ठ र उपाध्यक्ष सत्यराम सुवालको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीको निजी सचिवालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको रिमालले बताए ।

सरकारले लागु गर्न लागेको नयाँ पाठ्यसंरचनाको विरोध गर्दै यस अघि सीफ्यानले प्रदेश र जिल्ला स्तरीय भेला सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?