
२९ माघ, काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् ।
गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नवनियुक्त आईजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।
नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई गृह प्रशासन मातहतको उत्कृष्ट एवं नमूना संगठन बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने उनले बताए ।
सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षकमा नियुक्त गरेको थियो ।
ज्ञवालीले बुधबारै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका छन् ।
प्रतिक्रिया 4