Comments Add Comment

त्यो खुनी टेलिफोन, जसले ८० वर्ष पहिले लिएको थियो लाखौँको ज्यान

अहिलेको जमानामा टेलिफोन जस्ता सूचना प्रविधिका माध्यमहरु लाखौँ मानिसलाई अकालमा मर्नबाट जोगाउने साधन बनिरहेका छन् । तर यहीँ टेलिफोन इतिहासमा कुनै समय लाखौँ मानिसको मृत्युको कारण बनेको थियो ।

त्यो खुनी टेलिफोनको कहानी दर्दनाक छ । सन् १९४० को दशकमा लाखौँ मानिसको ज्यान लिने साधन बनेको यो टेलिफोनको सन् २०१७ मा अमेरिकामा लिलामी भएको थियो । ३ करोड रुपैयाँभन्दा बढी मूल्यमा यसको लिलामी भएको थियो । यद्यपि यो फोन कसले किनेको हो भन्नेबारेमा चाहीँ केही खुलाइएन ।

त्यो टेलिफोन जर्मनीका खुङ्खार तानाशाह हिटलरको टेलिफोन हो । कालो रङको त्यो टेलिफोनमा पछि रातो रङ पोतिएको थियो । उक्त फोन सेटमा हिटलरको नाम तथा स्वस्तिक चिन्ह पनि रहेको छ ।

समाचार अनुसार दोश्रो विश्वयुद्धको समाप्तिसँगै यो टेलिफोन सन् १९४५ मा बर्लिनस्थित हिटलरको बंकरबाट बरामद गरिएको थियो । त्यसयता यो फोनलाई एउटा बाकसमा सम्हालेर राखिएको थियो । अन्ततः सन् २०१७ मा यसको लिलामी गरियो ।

वेरमेचले हिटलरलाई उक्त फोन प्रदान गरेको थियो । यो फोन लाखौँ मानिसको हत्याको साधन बनेको थियो । किनकी १९४० को दशकमा हिटलरले यहीँ फोनबाटै दोश्रो विश्वयुद्धका दौरान नाजी सैनिकहरुलाई आदेश जारी गर्दथे । अनि बन्धक बनाइएका मानिसहरुले नाजी सेनाले गोली हानेर वा ग्यास च्याम्बरमा हालेर हत्या गर्दथे । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment