Comments Add Comment

ग्लोबल आइएमईद्वारा निक्षेप बीमा वापतको चेक हस्तान्तरण

१२ फागुन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडेको पानीपोखरी शाखामा नवरत्न कर्मचारी बचत खाता खोली कारोबार गर्दै आउनु भएका स्वर्गीय राजु गिरीको सडक दुर्घटनामा परी मृत्यु भएको हुँदा विमितले पाउने रकम रु ५ लाख निजको परिवारलाई हस्तान्तरण गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले स्वर्गीय राजु गिरीको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरे ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले २७० शाखा, ३७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४९ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १९ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment