१२ फागुन, काठमाडौं । कास्कीमा एक जना सवइन्जिनियर घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सवइन्जिनियर नवलेस कुमार रौनियार रहेका छन् ।
कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
रौनियार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट सो गाउँपालिका क्षेत्रमा खटिएका थिए ।
रौनियारलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4