Comments Add Comment

गुप्तचरसम्बन्धी विधेयकको छलफलमा पत्रकारलाई रोक लगाउन दबाव

१२ फागुन, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले असहमति जनाएपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नेपाल विशेष सेवा विधेयकमाथिको छलफलमा पत्रकारलाई रोकेको छ ।

समितिका एक सदस्यका अनुसार अनुसन्धान विभाका अधिकारीले छलफलमा पत्रकारलाई नराख्न दबाब दिएका छन् । पत्रकारलाई बोलाएमा आफूहरु छलफलमा नै नआउने चेतावनी उनीहरुले संसदीय समितिलाई दिएका ती सदस्यले अनलाइनखबरलाई बताए ।

समितिले सरोकारवालालाई राखेर आइतबार र सोमबार विधेयकमाथि दफावार छलफल गरेको छ । विधेयकको परिच्छेद दुईसम्म दफावार छलफल सकिएको समितिका अर्का सदस्य ठगेन्द्र प्रकाश पुरीले जानकारी दिए ।

आइतबारको छलफलमा लोकसेवा आयोगका अध्यक्ष उमेशनाथ मैनाली, नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलय र कानुन मन्त्रालयका अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरु सहभागी थिए ।

सोमबारको छलफलमा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलय, कानुन मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए ।

बैठकपछि प्रेस रिलिज निकाल्छु : समिति सभापति गुरुङ

समिति सभापति पर्शुराम मेघी गुरुङले विधेयकमाथिको छलफल सकिएपछि प्रेस रिलिज सार्वजनिक गर्ने सोच बनाएको बताएका छन् । ‘भोलिदेखि प्रेस रिलिज गर्ने सोच बनाएको छु । आइतबार र सोमबार यस्तै यस्तै भयो’ गुरुङले भने ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति, अन्र्तराष्ट्रिय सम्बन्ध समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पटक पटक समितिको औपचारिक छलफलमा पत्रकारलाई रोक लगाएका छन् ।

सार्वजनिक सूचना निकालेपछि पत्रकारलाई राखेर छलफल गर्ने अभ्यास छ । तर, औपचारिक सूचना निकालेर आन्तरिक भन्दै बैठक बस्ने चलन बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment