Comments Add Comment

गगनचुम्बी महलमा अम्बानीको दैनिकी

आमाको आशीर्वाद बिना निस्कँदैनन् घरबाट

कुनैपनि व्यक्तिको सफलतामा परिवार र समय व्यवस्थापनको कति महत्व हुन्छ ? भन्ने कुरा भारतका सबैभन्दा धनी व्यक्तिको रुपमा रहेका मुकेश अम्बानीको जीवनबाट हामीले देख्न सक्छौं । आमाको आशीर्वाद र परिवारको स्नेहका साथै समय व्यवस्थापनका कारण नै उनी यो सफलताको शिखरमा पुगेको सुनाउँछन् अम्बानीका निकट उनका आफन्तहरु ।

मुकेश अम्बानीको पूरा नाम मुकेश धीरूभाई अम्बानी हो । उमेरले उनी ६३ वर्षका भए । उनी भारतीय व्यवसायी तथा विश्वका धनीहरुको सूचीमा अहिले ३६ औं स्थानमा छन् । उनी रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष, प्रबन्ध निर्देशक एवं कम्पनीको सबैभन्दा धेरै शेयर भएका व्यक्ति हुन् ।

रिलायन्स इन्डष्ट्रिज भारतको पेट्रोलियम, टेक्सटाइल, मिडिया, दूरसञ्चार आदि क्षेत्रमा चर्चित रहेको सबैभन्दा प्रतिष्ठित कम्पनी हो । अम्बानीको मात्रै ४८ प्रतिशत सेयर रहेको छ ।

अम्बानीको दैनिकी

अम्बानीको दैनिकी बिहान ५ बजेदेखि सुरु भएर साँझको ११ बजेसम्म चल्ने गर्छ । यो उनको नियमित प्रक्रिया हो । अम्बानी बिहान ५ बजेदेखि साढे ६ बजेसम्मको समय आफ्नो शारीरिक अभ्यास, स्वीमिङ वा समाचारपत्र पढ्नेकामको लागि खर्च गर्ने गर्छन् ।

त्यसपछिको समय उनी आठ बजेसम्म पत्रपत्रिका पढ्ने वा आफ्नो अरु व्यक्तिगत काममा समय गुजार्ने गर्छन् । त्यसपछि बिहान ८ बजे आफ्नो भवनको १९औं तल्लामा गएर बिहानको खाजा खाने गर्छन् । उनी आफ्नो खानामा मेवाको जुस लिन कहिलै पनि भुल्दैनन् । बिहानको खाजा वा खानामा उनी दक्षिण भारतीय परिकारलाई धेरै मन पराउँछन् । हरेक आइतबार आफ्नो मनपर्ने रेष्टुरेन्टमा उनी दक्षिण भारतीय खाना खानकै लागि जाने गर्छन् ।

बिहानको साढे ९ बजेदेखि १० बजेसम्ममा उनी अफिसको लागि तयार हुन्छन् । यो तयारीको लागि उनी आफ्नो घरको १४ औं तल्लामा जान्छन् । त्यसपछि आफ्नो व्यक्तिगत सामग्रीहरु (ल्यापटप, ब्याग आदि) लिनको लागि २१ औं तल्लामा गएर कार्यालयको लागि निस्कने गर्छन् ।

उनी कार्यालयमा धेरै सेतो सर्ट र कालो पाइन्टमा जान रुचाउँछन् । अफिस जानुपूर्व आमाको आशीर्वाद लिन कहिलै नभुल्ने बानीका कारण उनलाई जान्नेहरु अचम्ममा पर्छन् । आमाको आशीर्वाद पछि उनी १६ औं तल्लामा रहेकी आफ्नी पत्नी नीता अम्बानी र १३ औं तल्लामा रहेका बच्चासँग भेटेर मात्रै उनी कार्यालय जान्छन् । उनी मर्सिरिज कारमा यात्रा गर्छन् । ड्राइभर पनि नराखिएको होइन । तर, उनी प्रायः आफैं सवारी चलाउने गर्छन् ।

एउटा यस्तो पनि भनाई छ कि एक दिन उनी अफिसको लागि निस्कने तर्खरमा थिए । मर्सिडिज कारको साँचो उनले भेटेनन् । २७ औं तल्लामा उनले सबै खोजी गर्दा पनि त्यो कारको साँचो भेटेनन् र उनी अर्काे कारमा अफिस गए । सोही दिन दिउँसो ३ बजे मर्सिडिज कारका निर्देशक तहका एक कर्मचारी हेलिकोप्टरमा उनको बंगलामा आएर अम्बानीको कर्मचारीलाई सो कारको नक्कली साँचो दिएर फर्किएको भन्ने समेत भनाई पाइन्छ ।

उनी हरेक दिन दिउँसो ११ बजे अफिस जान्छन् । अफिस पुगेर आफ्नो स्वकीय सचिवले तयार पारेको बैठकमा सहभागी हुन्छन् । उनलाई उनीसँग काम गर्ने ज्यादा मानिसहरुको नाम याद हुन्छ । उनी अफिसबाट घरको लागि राति ९ बजे निस्कन्छन् । घर गएर नीता अम्बानीको साथमा १९ औं तल्लामा त्यही नौ देखि साढे नौ बजेतिर डिनर गर्छन् ।

रातिको खानामा उनी सामान्य खाना रुचाउँछन् । उनको साँझको खानामा दाल, चामल, रोटी आदि धेरै हुने गर्छ । खानापछि उनी दिनभरीको कामको बारेमा नीतालाई अनुभव सुनाउने गर्छन् । त्यसपछि नीता सुत्न जान्छिन् भने उनी अफिसको बाँकी काम सक्नेतर्फ लाग्छन् ।

यसरी नै उनको दैनिकी सकिने गर्छ । अम्बानीको कूल सम्पत्ती फोब्र्स पत्रिकाको २०१९ को प्रतिवेदन अनुसार ५० बिलियन डलर रहेको छ । उनी अहिले विश्वको १३ औं धनी व्यक्तिको सूचीमा पर्छन् । उनी बस्ने घर एन्टिलिया पनि विश्वको सबैभन्दा महंगो घरहरुको सूचीमा पर्छ । उनको घर दक्षिण मुम्बईको अल्टामाउन्ट रोडमा रहेको छ ।

सो घर ४ लाख वर्गफिट जग्गा त्यहाँ मुकेस अम्बानीको घर या अरु प्रयोजनको लागि प्रयोग गरिएको छ । फोब्सले यो घरको बजार मूल्य ६ हवार करोड रुपैयाँ रहेको बताएको छ ।  एन्टेलियामा मात्रै ६ सय कर्मचारीहरु राखिएको छ । यसमा ६ तल्ला त केवल कार पार्किङको लागि मात्रै बनाइएको छ । जसमा १६८ कारहरु राख्नसक्ने बनाइएको छ । सातौं तल्लामा अम्बानी परिवारको कारको मर्मत गर्ने मर्मत केन्द्र समेत राखिएको छ ।

एन्टेलियाको छतमा ३ वटा हेलिप्याड पनि बनाइएको छ । जसमा कूल २७ वटा तल्लाहरु रहेका छन् । त्यसमा नौ वटा लिफ्ट समेत रहेको छ । यसैमा तीनवटासम्म स्वीमिङ पुल, जिम रुम, योगा रुम जस्ता सुविधायुक्त कक्षहरु समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment