Comments Add Comment

विराटनगरका फार्मेसीमा म्याद गुज्रिएका औषधि

१८ फागुन, विराटनगर । औषधि व्यवस्था विभाग विराटनगर कार्यालयले विराटनगर– ९ न्यूरो अस्पताल अगाडि रहेको फार्मेसीबाट म्याद गुज्रिएको औषधि बरामद गरेको छ ।

सेवाग्राहीले गुनासो गरेपछि आइतबार छापा मारेको विभागको प्रादेशिक कार्यालयको टोलीले हाम्रो फ्रेन्डसिप फार्मेसीबाट १५ प्रकारको १ सय ३९ पिस औषधि बरामद गरेको हो ।

औषधी व्यवस्था विभागका फार्मेसी अधिृकत चतुर्भुजप्रसाद यादवको नेतृत्वको पुगेको टोलीले विकास मण्डलले सञ्चालन गरेको फार्मेसीबाट म्याद गुज्रिएका औषधि बरामद गरेको नेपाल औषधि व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दिपेन्द्र खड्काले जानकारी दिए ।

म्याद सकिएको औषधिमा पुनः नयाँ लेवल टाँस गरेर बिक्री गर्न लागिएको हुनसक्ने बताउँदै उनले अनुसन्धान सुरु गरेको बताए ।

हाम्रो फ्रेन्डसिप फार्मेसीका सञ्चालक विकास मण्डलले म्याद सकिएको औषधि नष्ट गर्नलाई छुट्टै स्थानमा राखिएको बताए ।

विभागको टोलीले विराटनगर– ९ मा रहेको आँगन फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई पनि पक्राउ गरेको छ । प्राविधिक विना औषधि बिक्री गरेको पाइएपछि पक्राउ गरिएको उनले बताए ।

फार्मेसी सञ्चालनमा ल्याउँदा अनिवार्य औषधि सल्लाकार समितिबाट ३ महिनाको ‘ओरेनटेशन’ तालिम लिएको वा फार्मेसीमा ३ वर्षे डिप्लोमा गरेको प्राविधिक हुनेपर्ने व्यवस्था रहेको छ ।

अनुगमनको क्रममा आँगन फार्मेसीले प्राविधिक नराखि औषधि पसल संचालन गरेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment