Comments Add Comment

प्रदेश नं ५ मा सुशासन विधेयक पारित

१८ फागुन, बुटवल । प्रदेश ५ को प्रदेशसभाबाट सुशासनसम्बन्धी विधेयक पारित भएको छ । यो विधेयकसँगै प्रदेश नं ५ को प्रदेश सभाबाट पारित भएका विधेयकको संख्या ४९ पुगेको छ ।

प्रदेश सभामा आइतबार ‘लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले आयोगका पदाधिकारीको प्रोटोकल निर्धारण गरेर मात्रै सेवा सुविधा निर्धारण गर्नुपर्ने भन्दै विधेयकलाई परिमार्जन गरेर मात्रै पारित गर्न सुझाव दिए ।

आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधामा धेरै अन्तर रहेको भन्दै उनले विधेयक परिमार्जन गरेर पारित गर्न माग गरे । प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले विधेयकमा उल्लेख भएको आयोगका पदाधिकारीहरुको सेवा सुविधामा अस्वाभाविक अन्तर किन ? भन्ने प्रश्न गर्दै प्रदेशसभामा कुनै पनि विधेयक पेश गर्दा एकपटक अध्ययन गरेर मात्रै पेश गर्न प्रदेश सरकारका मन्त्रीहरुलाई आग्रह गरे ।

मुख्यमन्त्रीले पेश गर्नुपर्ने विधेयकहरु पनि मन्त्रीहरुले पेश गर्ने गरेको भन्दै उनले विधेयकमा गडबड देखिए मुख्यमन्त्रीले मन्त्रीलाई विधेयक पेश गर्न लगाएको त होइन भन्ने आशंका व्यक्त गरे ।

सत्ता पक्षकी सांसद थानकुमारी थापाले भने विधेयक आफैमा राम्रो भएको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment