Comments Add Comment

चार मन्त्रालयसँग समन्वय गर्न कृषि मन्त्रालयको छलफल तीव्र

१८ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो योजना र कार्यक्रममा सहजीकरण गर्न विभिन्न मन्त्रालयलसँग समन्वय समिति गठन प्रक्रिया अघि बढाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रम कार्यन्वनयन गर्न महत्वपूर्ण भूमिका रहने वन तथा वातावरण, भूमी तथा सहकारी र सिंचाई मन्त्रालयका मन्त्री र सचिवसँगको दोहोरो छलफलपछि एक समिति गठन गरिएको, एउटा समिति ब्यूँताइएको र केही छलफलको क्रममा रहेको मन्त्रालयले जनाएको छ ।

कृषि मन्त्रालयको विभिन्न कार्यक्रमको बजेट र नीतिमा सहकार्य तथा समस्याको गाँठो फुकाउन तत्काल छलफल गर्ने गरी चार मन्त्रालयलसँग थालिएको छलफल र सम्वाद अन्तिम चरणमा पुगेको मन्त्रालय स्रोतले बतायो ।

वन तथा वातावरण, भूमी तथा सहकारी र उर्जा तथा सिंचाई मन्त्रालयसँग मन्त्री र सचिवस्तरमा छलफल सकिएको छ । जसमध्ये उर्जा मन्त्रालयसँग समन्वय गर्न दुई मन्त्रालयलबीच ६ सदस्सीय सहसचिवस्तरीय समिति गठन भएको छ भने वन तथा वातावरण मन्त्रालयअन्र्तगत रहेको पुरानो एक समितिलाई ब्यूँताईएको छ ।

गठन भएको समितिमा ऊर्जा मन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव, सिंचाइँ विभागका महानिर्देशक र विद्युत् विकास विभागका उपकार्याकारी सदस्य छन् भने कृषि मन्त्रालयबाट योजना माहाशाखा सह सचिव, कृषि व्यवसाय प्रर्वधन माहाशाखा सहसचिव र कृषि पूर्वाधार महाशाखाको सहसचिव समितिमा रहेका छन् ।

यो समितिलाई दुई मन्त्रालयबीच सम्बन्ध राख्ने हरेक विषयमा आपसी समझदारी र सहकार्य गर्ने कार्यदेश रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै राष्ट्रिय कृषि वन नीति कार्यन्वयन गर्न बनेको कृषि सचिव नेतृत्वको समितिलाई वन तथा वातावरण मन्त्रालय अन्र्तगत समन्वय गर्न ब्यूँताइएको छ । वन, वातावरणसँग जोडिने कृषि र पशुपंछिको समस्यामा यो समितिले छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

भूमि तथा सहकारी व्यवस्था मन्त्रालयसँग पनि मन्त्री र सचिवस्तरीय छलफल सकिएको छ । सहकारी मोडलमा स्थानीय तहमा रहेका ससाना कृषि सहकारीलाई समेटेर आपसि सहकार्यमा अघि बढ्ने मन्त्री र सचिवस्तरीय सहमति भएको मन्त्रालयले जनाएको छ । जनशक्ति व्यवस्थापनको तयारी नपुगेका कारण यी दुई मन्त्रालयको बीचको समन्वय गर्न समिति गठन हुने चरणमा रहेको बताइएको छ ।

कृषि र पशुपन्छीसँग सबै भन्दा धेरै सरोकार राख्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलसँग मात्रै अब छलफल बाँकी छ । दुई मन्त्रालयको समन्वय समिति बनाउने गरी एक दुई दिनमा नै मन्त्रीस्तरीय छलफल हुने मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छीसहित पाँच मन्त्रालयको आपसी सहकार्यविना कृषिको लक्ष्य पूरा नहुने देखेपछि यसरी काम अघि बढाइएको कृषि मन्त्री घनश्याम भुषालका सचिवालय प्रमुख डा.गंगा आचार्यले बताए । ‘समस्या पहिचान गरेर मन्त्रीज्यू समाधानको र्फमूला बनाउँदै हुनुहुन्छ, यो त्यसैको निरन्तरता हो,’ डा. आचार्यले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment