Comments Add Comment

हेटौंडामा कांग्रेस संस्थापनइतरका पूर्वजिल्ला सभापतिको बैठक

१८ फागुन, हेटौंडा । वागमती प्रदेशका नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा इतरका पूर्वजिल्ला सभापतिहरुको बैठक आइतबार हेटौंडामा बसेको छ ।

पार्टीका पूर्वसभापतिलाई भूमिकाविहीन बनाउने, पार्टीका नियमित कार्यक्रममा समेत सहभागी नगराउने प्रवृत्ति देखिएको पूर्वजिल्ला सभापतिको गुनासो छ । एक पटक पार्टीको नेतृत्व गरिसकेका व्यक्तिको सल्लाह सुझावअनुसार पार्टी अघि बढ्नुपर्ने उनीहरुको भनाइ छ ।

बैठकलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केशी लगायतले सम्बोधन गरेका थिए ।

केन्द्रीय नेताहरुले सरकार अधिनायकवादी शैलीमा अघि बढ्दासमेत कांग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको भन्दै सभापति देउवाको आलोचना गरे ।

सभापति देउवा विधान विपरीत अघि बढेको र पार्टी आन्तरिक र बाह्य रुपमा कमजोर देखिएको नेताहरुले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment