
२ चैत, चितवन । भरतपुरस्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि पूर्वी चितवनको खैरहनीमा रहेको ग्लोसाइन एकेडेमीले २ लाख २२ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी विद्यालयका प्रद्यानाध्यापक टेकराज अधिकारीले धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मस’लाई सो रकम हस्तान्तरण गरेका हुन् ।
विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीहरुबाट सानो रकम संकलन गरेर रंगशाला निर्माणका लागि विद्यालयको तर्फबाट सहभागीता जनाएको विद्यालयका सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिए ।
सो क्रममा धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले राष्ट्रिय गौरवको परियोजना बनाउन विद्यालयले पनि अपनत्व लिएकोले धन्यवाद दिए । उनले तोकिएको समयमा नै रंगशाला बन्ने जानकारी दिए ।
क्रिकेट रंगशालाको मैदान सम्याउने काम भैरहेको छ । साथै प्याराफिट र पिच बनाउन कामसमेत सँगसँगै भैरहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले जानकारी दिए ।
प्रतिक्रिया 4