+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारको अपील : उद्दार तथा राहतका लागि हटलाइनमा सम्पर्क गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १२ गते १६:५३

१२ असोज, काठमाडौं । सरकारले उद्दार तथा राहतका लागि हटलाइनमा सम्पर्कमा आउन आग्रह गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले २/३ दिनदेखि भएको वर्षाका कारण भएको क्षतिको प्रारम्भीक मुल्यांकन गरेको छ ।

बैठकले प्रकोपमा ज्यान गुमाउनेहरुका लागि कानुन अनुसार क्षतिपूर्ति दिने र घाइतेहरको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘समस्यामा रहनुभएका जनतालाई हाम्रो अनुरोध छ, प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाली सेना, नेपाल प्रहरी, एपीएफको हटलाइन, गृहमन्त्रालयको हटलाइनमा सम्पर्क गरेर उद्दार तथा राहतका लागि सम्पर्क गर्न सक्नुहुनेछ ।’

तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको उनले बताए । बैठकले सम्बन्धित मन्त्रालयलाई पनि तयारी अवस्थामा रहने भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?