Comments Add Comment

प्रवुद्ध व्यक्तिहरुले भने-सीमामा नेपालीलाई अलपत्र नपार

१८ चैत, काठमाडौं । प्रवुद्ध व्यक्तिहरुले लकडाउनको समयमा नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई नेपाल प्रवेश गर्न दिन माग गरेका छन् । आइतबार विज्ञप्ती जारी गरी उनीहरुले जुनसुकै अवस्थामा भएपनि नेपालभित्र पस्न, बस्न र जीवनयापन गर्न पाउने नेपाली नागरिकको संवैधानिक अधिकार कुण्ठित गर्ने संवैधानिक र नैतिक हक कसैसँग नभएको बताएका छन् ।

पूर्वप्रधानन्यायाधीशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, दुर्गा सुवेदी र रवीन्द्र मिश्रले विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।

आफ्नो नागरिकको जीवन र स्वास्थ लगायतको हकको संरक्षण गर्नु राज्यको दायित्व हो भन्दै उनीहरुले विदेशमा नै सुरक्षा र स्वास्थ्यको रक्षा गर्न खोजेको हो भने त्यो व्यक्तिको आत्मसम्मान र अन्तर्निहित अधिकारको विरूद्ध हुने बताएका छन् ।

‘तसर्थ, सीमावर्ती इलाकामा रोकिएका सबै नेपालीलाई नेपाल प्रवेश गर्न दिन हामी नेपाल सरकारसँग जोडदार अपिल गर्न चाहन्छौँ । नेपाल प्रवेश गर्न दिने निर्णय गरिएको भनिएपनि त्यो पालना नभएको देखिएको छ’ उनीहरुले भनेका छन् ।

नेपाल प्रवेश गरेपछि सबैको परीक्षण गर्ने र आवश्यक परे क्वारेण्टाइनमा राख्ने गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

कठैबरा करिष्मा

Advertisment