
२४ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम सिफारिस भएको छ ।
अर्थमन्त्री ड. युवराज खतिवडाको संयोजकत्वमा गठित सिफारिस समितिले केशवप्रसाद भट्टराई, महाप्रसाद अधिकारी र चिन्तामणि सिवोकाटीको नाम सिफारिस गरेर मन्त्रिपरिषदमा पठाएको हो ।
अर्थन्त्रालय स्रोतका अनुसार, आजै गभर्नर नियुक्ति गर्नका लागि अर्थमन्त्री खतिवडाले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरेका छन् । प्रधानमन्त्रीले रुचि देखाए आजै दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंक गभर्नर नियुक्त गर्नेछ ।
सिफारिसमा परेका भट्टराई पूर्वसचिव हुन् भने सिवाकोटी राष्ट्र बैंकका डेपुटी गभर्नर हुन् । सिवाकोटी अहिले राष्ट्र बैंकको कामु गभर्नरको रूपमा कार्यरत छन् ।
अधिकारी पनि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । हाल उनी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत छन् ।
अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिमा पूर्वसचिव कृष्णहरि बास्कोटा र पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य छन् ।
(यसअघिकाे समाचारमा केशवप्रसाद भट्टराई हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ- सं)
प्रतिक्रिया 4